दफा २१
निर्देशहरू दिने नेपाल सरकारको अधिकार
नेपाल सरकारले राष्ट्रिय हितको निमित्त
उचित ठहराएमा समितिलाई देहायका कुराहरूको निर्देशहरू दिन सक्नेछ र त्यस्तो निर्देश
पालन गर्नु समितिको कर्तव्य हुनेछ ः–
(क) कुनै खास क्षेत्रमा आफ्नो सेवाको सञ्चालन गर्न वा अरु काम कारवाई गर्न,
वा
(ख) समितिले गरी राखेको कुनै काम कुनै खास क्षेत्रमा वा सम्पूर्णरूपमा बन्द
गर्न वा त्यसमा कुनैफेर बदल गर्न वा
(ग) समितिले गर्न आँटेको कुनै काम कुरा नगर्न ।